रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना

रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ साउन २०७३
  • 14.8K
    Shares

रंगकर्मी सुनील पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । राति १ बजे ललितपुर सुनाकोठीस्थित घरमा बेहोस भएपछि उनलाई थापाथलीको नर्भिक अस्पतालमा आईसीयूमा भर्ना गरिएको हो ।

चिकित्सकले ‘सिजर अट्याक’ भएको बताएको सुनीलकी श्रीमती एवं रंगकर्मी निशा शर्माले जानकारी दिइन् । तर, के कारणले अट्याक भएको भन्ने खुल्न सकेको छैन । सिटी स्क्यान र ईसीजी गराउँदा कुनै समस्या नदेखिएको र न्युरो चिकित्सकले हेर्न बाँकी रहेको उनले बताइन् ।

उनको स्वास्थ्य अवस्था अहिले सन्तोषजनक रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार