एक करोडको बल्ब किन्ने एनआरएनएको निर्णय भएकै दिन बिवाद

एक करोडको बल्ब किन्ने एनआरएनएको निर्णय भएकै दिन बिवाद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ मंसिर २०७४
  • 10.2K
    Shares

उर्जा समस्याको दिर्घकालिन समाधान गर्न गैरआवासीय नेपाली संघले नेपाल बिद्युत प्राधिकरणलाई सघाउने भएको छ । तत्कालका लागी बिद्युत खपतमा कमि ल्याएर बिद्युत बितरणलाई सहज बनाउन एक करोड लिड बल्ब सहयोग गर्ने एनआरएन बैठकले निर्णय गरेको छ ।

संघको काठमाण्डौमा बसेको नव निर्वाचित कार्यसमितिको बैठकले बल्ब खरिद गरी विक्री वितरण गरेर लोडसेडिङ व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको हो । ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत संघले छुट्टै कम्पनी खडा गरेर बल्ब खरिद गर्ने प्रवक्ता भूषण घिमिरेले बताए । खरिद गरिएको लिड बल्ब गैर आवासीय नेपालीका नेपालस्थित घरमा जडान हुने पनि उनले बताए ।

१ करोड लिड बल्ब जडान हुँदा साढे २ सय मेगावाट विद्युत बचत हुने र सो परिमाणको विद्युतबाट औद्योगिक क्षेत्रमा हाल भइरहेको लोडसेडिङ व्यवस्थापनमा सहयोग पुग्ने संघको दाबी छ ।

तर एनआरएनभित्र निर्णय गरिनसक्दै बल्ब खरिदको जिम्मा कसलाई दिने भन्नेमा चलखेल शुरु भईसकेको बुझिएको छ । १ करोडको लिड खरिदमा कमिसनको ठुलै गन्ध रहेकाले निर्णय गरेकै साँझ खरिदको जिम्मा कसलाई दिने भन्ने बिषयमा ठुलै चर्चा भएको एनआरएनए कार्यसमिती सदस्यले बताए । यस्तै, संघले जल तथा पूर्वाधार विकासको क्षेत्रमा १ खर्ब रुपैयाँ बराबरको संयुक्त लगानी गर्ने भएको छ । यो र रकम जलविद्युत, बैंकिङ, कृषि र पूर्वाधार विकासको क्षेत्रमा खर्च हुने संघले जनाएको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन कार्यसमिति बैठकको १७ बुंदे निर्णय सार्वजनिक गरेको छ ।

प्रतिक्रिया