नेपाली चलचित्र जगतकी सुन्दरी नायिका नीता ढुंगानाले हिजोराति आफ्नो फेसबुकमा केही फोटोहरु पोष्ट गरेकी छिन् । जसमा उनलेको सिउँदो सिन्दुरले भरिएको प्रस्टै देखिन्छ । अविवाहित सुन्दरी नायिका नीताले अकस्मात सिन्दुर लगाएको फोटोहरु फेसबुकमा राखेपछि धेरैले अचम्म मने ।नायक निखिल उप्रेतीसँग खिचेको तस्बिर नीताले शेयर गरेकी छिन । यतिबेला नीता र निखिल मधुसुदन भट्टराइको निर्देशनमा चलचित्र ‘निर्भय’ को छायांकन गरिरहेका छन् ।
चलचित्रमा निता निखिलको प्रेमिका र पत्नीको भूमिकामा रहेको उनले बतइन् ।फिल्ममा निखिलसँग प्रेमपछि विवाह हुने हुँदा नीताले सिउँदोमा सिन्दुर लगाएकी पो रहिछन् ।

नीताले खेलेका चलचित्रले खासै राम्रो ब्यापार गर्न नसकेर करिअर केहि धरमराउँदो अवस्थामा रहेकाले पनि नीताका लागि यो चलचित्रको व्यापारले ठुलो महत्व राख्नेछ । यस चलचित्र सुपरस्टार नायक निखिल उप्रेती भएकै कारणले पनि चलचित्रको व्यापार राम्रो गर्नेमा नीता आशाबादी छिन् ।