शब्द/तस्बिर : विनोद विष्ट
श्रृष्टि खड्का म्युजिक भिडियोमा छोटो समयमै स्थापित मोडल हुन् । एक वर्षदेखि मोडलिङमा सक्रिय उनले दुई दर्जनभन्दा बढी भिडियोमा अभिनय गरेकी छिन् । सानै उमेरदेखि नृत्य र अभिनयमा इच्छा रहेको बताउने श्रृष्टिले भविष्यमा चलचित्र अभिनयमै भविष्य खोज्ने बताइन् । ब्याचलर अध्ययन गर्दै गरेकी उनी अब अभिनय प्रशिक्षण लिएरै फिल्म क्षेत्रलाई निरन्तरता दिने योजनामा छिन् ।












