विप्लवसँग डराउँछन् बाबुराम, किन ?

विप्लवसँग डराउँछन् बाबुराम, किन ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ असोज २०७४
  • 11.1K
    Shares

नेपाली मिडिया र सामाजिक सञ्जालमा नयाँ शक्ति नेपालका संयाेजक डा. बाबुराम भट्टराई काेरियाबाट रातारात जापान पुगेकाे समाचारले निकै महत्व पाएकाे छ । डा. भट्टराईले काेरियाका अाधा कार्यक्रम छाेट्याएर जापान हिडेपछि समाचार बन्याे । भदाै ३१ गते पार्टी निकट प्रवासी नेपालीले अायाेजना गरेकाे कार्यक्रममा मुख्य बक्ता डा. भट्टराई थिए । उनकाे सम्बाेधनकाे केही समय अगाडि कार्यक्रमस्थलमै नेकपा (माअाेवादी) निकट प्रवासी युवाहरुले कालाेझण्डा देखाए ।

कालाेझण्डासहित युवाहरु अाएकाे जानकारी पाएपछि बाबुरामले काेरियास्थित नेपाली राजदूतलाई फाेन गरेर जानकारी गराए । त्यसपछि नेकपा (माअाेवादी) निकट प्रवासी हरुकाेनेतृत्व गरिरहेका किरण बिसीलाई जबरजस्ती बाबुरामसँगै बस्न लगाइयाे । प्रवासी नेपालीहरुले बाबुरामलाई कालाेझण्डा देखाएकाे जानकारी दिँदै अाफूलाई बाबुरामसँगै जवरजस्ती बस्न लगाएकाे बिसीले बताए ।

यहाँ बुझ्न जरुरी के छ भने बाबुराम भट्टराई कालाेझण्डाबाट डराएका हाेइनन् । उनी विप्लवसँग डराएका हुन् । बाबुराम भट्टराई विप्लवसँग अहिलेमात्र हाेइन सँगै पार्टीमा हुने बेला पनि गराउथे ।

सिंगाे माअाेवादीमा प्रचण्ड, किरणदेखि दाेस्राे बरियताका नेताहरु कसैलाई बाबुरामले कहिलै पनि टेरेनन् तर बरियतामा अाफूभन्दा धेरै तल भएका विप्लवसँग सधै छलफल गर्ने गर्थे । बाबुराम कहिले विप्लवकाे काेठामा पुग्थे त कहिले अाफ्नाे निवासमा बाेलाउथे ।

पार्टी अन्तरसंघर्षकाे क्रममा बैठकमा फरक मत राख्दा बाबुरामले पहिले विप्लवलाई जानकारी गराउथे । माअाेवादीकाे २०६७ म‌ंसिरमा भएकाे पालुङटार विस्तारित बैठकमा बाबुरामले फरक दस्तावेज ल्याउने कुरा पहिला विप्लवलाई जानकारी गराएका थिए भने त्यसपछि अध्यक्ष प्रचण्डलाई ।

भट्टराईले देशभरका अगुवा कार्यकर्ता जम्मा भएकाे पालुङटार विस्तारित बैठकमा अाफ्नाे मत राख्ने बेला ‘हाम्राे पार्टीमा (मंचतिर हेर्दै) विप्लव जस्ताे युवा नेता पनि हुनुहुन्छ’ भनेका थिए । मंचतिर हेर्ने बेला नेता वर्षमान पुन पनिसँगै बसेकाे देखेपछि त्यसमा थपेर भने बाबुरामले भनेका थिए, ‘अनन्त पनि हुनुहुन्छ ।’

माअाेवादीका अन्य नेताहरुलाई बाबुरामले हेपाह नजर हेर्थे । त्याे कुराकाे झलक बैठकमा वा बाहिर बाबुरामले गर्ने तर्कमा देखिन्थ्याे । एकपटक मिडियामै भट्टराईले नेता वर्षमान पुनलाई केटाकेटी भनेका थिए ।

पार्टी बैठकमा बाबुराम विचारकाे शसक्त प्रतिवाद सबैभन्दा बढी विप्लवले नै गर्थे । तर, बाबुरामले विप्लवकाे तर्कलाई सावधानिकपूर्वक वैचारिक खण्डन गर्थे भने अरुलाई तर्क र कुतर्कले डाेमिनेट गर्ने गर्थे । याे कुरा माअाेवादी नेताहरुकाे देखाई र भाेगाई हाे ।

एमाअाेवादीसँग किरण-विप्लवले सम्बन्ध विच्छेद गरेपछि पनि बाबुरामले विप्लवलाई भेट्ने गरेका थिए । बाबुरामले संविधानसभा सदस्य र पार्टी परित्याग गर्नुभन्दा पहिला विप्लवसँग सुझाव मागेकाे र विप्लवले जवाफमा प्रचण्ड जी र तपाइँकाे विचार कहिल्यै मिल्दैन, तपाईँलाई उपयुक्त लाग्‍ने निर्णय गर्नुहाेस् भनेकाे बताइन्छ । त्यतिबेला बाबुरामले पार्टी छाेड्न लागेकाे कुरा अध्यक्ष प्रचण्डलाई जानकारी नै थिएन । तर बाबुरामले विप्लवसँग अाफू पार्टी छाेड्न लागेकाे कुरा बताइसकेका थिए ।

जनयुद्ध-शान्तिप्रक्रिया हुँदै अलग पार्टी निर्माणपछि पनि विप्लवले जहिले पनि बाबुराम विचारकाे कडा अालाेचना गर्दै ‘काम नलाग्ने विचार’ भन्दै सार्वजनिक रुपमा मत राख्दै अाइरहेका छन् । तर बाबुरामले कहिलै पनि विप्लवकाे विचारकाे अालाेचना गर्न सकेका छैनन् । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डबारे बाबुराम जति जानकार छन् त्यही नै विप्लव पनि छन् ।

 

कारण के हाे ? 

पहिलाेः माअाेवादी केन्द्रका एक नेताका अनुसार जनयुद्ध कालदेखि शान्तिप्रक्रियासम्म पार्टीमा विचारलाई राख्न पाउनु पर्ने कुराकाे पक्षमा विप्लवले मत राख्दै अाएका थिए । त्यसले बाबुरामलाई अाफ्ना विचार राख्न केही सहयाेग पुग्याे । अध्यक्ष प्रचण्डलगायत केही नेताहरुले बाबुरामलाई पार्टीमा फरक दस्तावेज ल्याउन दिनु हुँदैन भन्दा विप्लवले त्यसलाई अस्वीका गर्दै बाबुरामलाई मनमा लागेकाे कुरा राख्न दिनुपर्छ भन्दै अाएका थिए ।

प्रचण्डले तपाईँका कारण बाबुराम अराजक बन्न थाल्याे भन्दा अाफूले कसैकाे पनि विचार दबाउन नहुँने बताउँदै विचार राख्ने वातावरण भए चाँडै फैसला हुने बताउँने गरेकाे विप्लवले अाफ्ना सहकार्मीसँग बताउँने गरेका छन् ।

दाेस्राेः जनयुद्धकाे बेला बाबुरामलाई कारवाही हुँदा तत्कालिन केन्द्रीय अाधार इलाका (विशेष क्षेत्रिय ब्यूराे) इन्चार्ज रहेका विप्लवले बाबुरामको भावनाको विप्लवले गरेको सम्मान हाे । विप्लवकाे व्यवहारले बाबुरामले सुरक्षित भएकाे महशुस गरेका थिए ।

तेस्राेः विप्लवकाे नेतृत्व क्षमता र अाधार इलाकामा देखिएकाे भूमिका जसले भाेलीका दिनमा राष्ट्रिय राजनीतिकाे केन्द्रमा अाउन सक्ने सम्भावना देखेर बाबुराम विप्लवसँग सधै हच्किने गरेका छन् । राष्ट्रिय राजनीतिका केन्द्रमा अाएमा चाहेर वा नचाहेर पनि स्वीकार गर्नुपर्ने अवस्था अाउने सक्छ ।

चाैथाेः प्रचण्ड कहिलै पनि बाबुरामलाई प्रधानमन्त्री दिने थिएनन् भन्ने विश्लेषणलाई अाधार मान्ने हाे भने धाेबीघाट गठबन्ध गरेर बाबुरामलाई प्रधानमन्त्री बनाउन अाधार बनाएकाे जस पनि विप्लवलाई नै जान्छ । जुन गठबन्धनले प्रचण्डलाई पहिलाेपटक पार्टीमा अल्पमतमा पारेकाे थियाे ।

पाँचाैः  भन्ने विषय नपाएर । जनयुद्धमा बाबुरामले जुन कुरा ठिक भने त्यसलाई अहिले अाएर गलत भनिसकेका छन् तर विप्लवले प्रचण्ड-बाबुरामले ठिक भनेकाे कुरालाई नै ठिक भनिरहेका छन् । पुष्टि गर्ने प्रतिवद्धता जाहेर गरिरहेका छन् । जसका कारण अालाेचना गर्ने ठाउँ वा विषय नपाएर पनि बाबुरामले विप्लवकाे अालाेचना गर्न सकेका छैनन् अथवा डराउँछन् भन्न सकिन्छ ।

प्रतिक्रिया