एमालेमा संसद विघटन गरी आमनिर्वाचनमा जान प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएका छन् । प्रतिपक्षी काँग्रेसले प्रधानमन्त्री बन्न सघाउने प्रतिवद्धता जनाएसँगै सत्तारुढ माओवादी केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेपछि एमालेभित्र ओलीलाई त्यस्तो दबाब बढेको हो ।
माओवादी निर्णयसँग विकसित राजनीतिक परिस्थितिमा मंगलबार साँझ बसेको एमाले स्थायी समिति बैठकमा पनि ंसंसद विघटन गरेर निर्वाचनको मिति घोषण गर्ने विषयमा व्यापक छलफल भएको एक एमाले नेताले बताए ।
स्थायी समिति बाहिर एमाले अब सर्वभौम जनतामा जानु उपयुक्त हुने आवाज उठेको छ । एमालेका नेता प्रदीप नेपालले सरकार ढाल्नेहरुसँग सत्ताको भागबण्डाको फोहरी खेलमा अल्झिरहनुभन्दा एमाले अब सार्वभौसत्ता सम्पन्न जनतासमक्ष जानुपर्ने भनी अभिव्यक्ति दिएका छन् ।
उनका अनुसार जनपक्षीय, अग्रगामी एवम् राष्ट्रवादीहरु यस्ता फोहोरी खेलमा लाग्न नहने भन्दै जनताले नै बाँकी कुराको छिनोफानो मतदानमार्फत गर्ने बताएका छन् । एमाले नेताहरुले संसद विघटन र निर्वाचनका विषयमा कानुन व्यवसायीदेखि माओवादीबाहेकका अन्य सत्तारुढ दलका नेताहरुसँग पनि अनौपचारिक कुराकानी अघि बढाएको छ । त्यस्तो घोषणामा सबैभन्दा ठूलो बाधक छिमेकी भारत भएकाले घोषणामा ढिलो भइरहेको एक नेताको विश्लषण छ ।