काठमाडौं । यस साता नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.०८ अंकले बढेर ३४७.४५ अंकमा आईपुगेको छ ।
यसैगरी बजारमा व्यापार समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६४१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ८१, बैंकिङ ४०, विकास बैंक ४६ र उत्पादनमूलक समूहको परिसूचक ५८ अंकले उकालो लागेका छन् ।
यस साता कारोबार रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । Bikashnews.comबाट