पोले महानगरपलिकाको प्रथम नगर सभा समपन्न,चार अर्व तिन करोड बयासी लाखको बजेट प्रस्तुत

पोले महानगरपलिकाको प्रथम नगर सभा समपन्न,चार अर्व तिन करोड बयासी लाखको बजेट प्रस्तुत


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ असार २०७४
  • 12.2K
    Shares

पोखरा लेखनाथ महानगरपलिकाको  प्रथम नगर सभा समपन्न भएको छ। प्रथम  महानगरसभाको बैठकमा महानगर प्रमुख मानबहादुर जिसीले महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नीति तथा कार्यक्रमका संग संगै चार अर्व तिन करोड बयासी लाखको महानगरको बजेट समेत प्रस्तुत गर्नु भएको थियो । उक्त नीति तथा कार्यक्रम र बजेट उपर छलफल भोलि गर्ने कार्यक्रम तय गरिएको  पोखरा लेखनाथ महानगर पालिकाका कार्यकारी अधिकृत दिर्घ नारायण पौडेलले जानकारी दिएका छन्  ।

कार्यक्रममा क्षेत्रीय प्रशाशक बेगेंन्द्र राज पौडेल ,प्रमुख जिल्ला अधिकारि तारानाथ अधिकारि लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

आज भएको नगरसभा बैठकले नगर कार्यपालिकाको बैठक संचालन सम्बन्धि कार्यविधि २०७४ ,नगर सभा संचालन कार्यविधि २०७४, आर्थिक एन २०७४, बिनियोजन एन २०७४ ,कार्यसम्पादन नियमावली २०७४ ,कार्यपालिकाको निर्णय वा आदेश प्रमानिकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७४ लाइ सर्वसम्मत ले पारित गरेको छ ।नगर सभाको बैठक मा भोलि ११ बजे बस्ने गरि आजको लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया