अमेरिकामा सवारी दुर्घटनामा नेपाली वैज्ञानिकको मृत्यु

अमेरिकामा सवारी दुर्घटनामा नेपाली वैज्ञानिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ असार २०७३
  • 25.4K
    Shares

अमेरिकामा एक नेपाली युवा वैज्ञानिकको दुर्घटनामा परेर निधन भएको छ । गोरखा जिल्ला घर भई अमेरिकाको मिजौरी राज्यको कोलम्बिया शहरमा बस्दै आएका ३३ बर्षीय किरण लामिछानेको शुक्रबार सवारी दुर्घटनामा ज्यान गएको हो ।
अमेरिकामा ‘रिसर्च साइन्टिस्ट’ का रुपमा कार्यरत लामिछानेलाई कार्यालयबाट साथीहरुसँग दिउँसोको खाना खाएर गाडी पार्किङ गरिएको स्थानमा निस्कँदै गर्दा कारले ठक्कर दिएको हो । टेक्ससबाट सञ्चालित हिमालय खबरका अनुसार, उनको शव पोष्टमार्टमको लागि स्थानीय हस्पिटलमा राखिएको छ ।
स्वर्गीय लामिछाने नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका सहोदर भाइ हुन् । लामो समय टेक्सस बसेर अध्ययन गरेका ३३ बर्षीय किरण केही महिना अघिमात्र रोजगारीको सिलसिलामा मिजौरी राज्य पुगेका थिए । उनले वातावरण विज्ञानमा पीएचडीसम्मको अध्ययन युनिभर्सिटी अफ नर्थ टेक्ससबाट पूरा गरेका थिए ।
नेपालमा छँदा लामिछानेले बिभिन्न कलेजहरुमा अध्यापनका साथै राष्ट्रिय योजना आयोगमा रहेर पनि काम गरेका थिए । उनका पत्नी र पाँच बर्षीय छोरा छन् ।

प्रतिक्रिया