​मोबाइल धेरै तात्छ ? कारण र समाधान

​मोबाइल धेरै तात्छ ? कारण र समाधान


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असार २०७४
  • 25.5K
    Shares

चार्जमा राख्दा या फोन गर्दाको समयमा तातेर आउने समस्याले कतिपय स्मार्टफोन प्रयोगकर्ता तनावमा हुन्छन् । धेरै नै तातेपछि पड्किने पो हो की भन्ने भय पनि जन्मिन्छ । तर, स्मार्टफोन तात्नुमा कतिपय गल्ती प्रयोगकर्ताबाटै भएको हुन्छ । सानातिना विषयमा ध्यान पु-याउँदा फोन तात्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
९ गल्तीले तात्छ फोन                                                                                               
कयौं घन्टासम्म फोन चार्जमा राख्नाले ।
चार्ज गरिराखेका बेला फोन गर्नाले ।
अनलाइन गेम धेरै समय खेल्नाले ।
जहिल्यै ब्लुटूथ र वाईफाई अन राख्नाले ।
सफ्टवेयर अपडेट नगर्नाले ।
फोनको मेमोरी फुल हुनाले ।
लगातार रन गर्ने खालको एप्स इन्स्टल हुनाले ।
लाइभ स्ट्रिमिङ या अनलाईन म्युजिकमा प्रयोग गर्नाले ।
ब्याट्री पुरानो भएको हुनाले ।
चार्जिङका बेला तत्दा 

फोन चार्जिङका बेला तात्छ या ढिला चार्ज हुन्छ भने सबैभन्दा पहिले चार्जर नै बदल्नुहोस् । ध्यान राख्नुहोस्, सँधै ओरिजिनल चार्जर नै प्रयोग गर्नु पर्छ । डुप्लिकेट चार्जरले फोन चार्ज नुहेन, छिटै चार्ज हुने र तात्नेजस्ता समस्या निम्त्याउँछ । चार्जर बदल्दा पनि तात्ने समस्या समाधान भएन भने पावरबोर्डमार्फत् चार्ज गर्नुहोस् । तर, अझै पनि फोन तात्ने समस्या सल्टिएन भने निश्चित हुनुहोस् कि ब्याट्रीमै समस्या छ । यो अवस्थामा दोस्रो ओरिजिनल ब्याट्री नै फेर्नुपर्छ ।

पुरानो फोन तात्दा

तपाईंको फोन एक–दुई वर्ष पुरानो  भइसकेको छ भने प्रायः तात्ने समस्या आउँछ । यो अवस्था निम्तिनमा अन्य कुनै खराबी आवश्यक नै पर्दैन । त्यसैले सबैभन्दा पहिले फोनको सफ्टवेयर अपडेट चेक गर्नुहोस् । यदि कुनै अपडेट आएको छ भने त्यसलाई तुरुन्त इन्स्टल गर्नुहोस् । फोन अपडेट भइसकेपछि कयौं समस्या सजिलै समाधान हुन्छन् ।

गेम खेलेर तात्दा

त्यो बेला पनि फोन निकै तातेको हुन्छ जुनबेला तपाईं अनलाइन गेम खेलिरहेको हुनुहुन्छ । यसको मतलब यो हो की फोनमा ओभरलोड भएको छ । यो अवस्थामा फोनमा एकसाथ दुई या दुईभन्दा बढी एप्सहरु सक्रिय भइरहेका हुन्छन् । कुनैबेला फोनको ब्याकग्राउण्डमा एप्स ओपन भएर इन्टरनेटसँग कनेक्ट हुन्छ । यस्तो अवस्थामा फोनमा ¥याम कम छ भने तात्ने समस्या निम्तिन्छ । यसैले गेम खेल्ने बेला फोनमा रहेको सबै एप्स बन्द गर्नुहोस् ।

ब्राउजिङमा तत्दा

फोनमा ब्राउजिङ गर्दा पनि तात्ने समस्या हुन्छ भने ब्राउजर सेटिङमा केही परिवर्तन गर्नुपर्ने हुन्छ । ब्राउजरमा डाटा सेभिङ र डाटा कम्प्रेसजस्ता फिचर्स हुन्छन् । यि डाटा सँधै अन राख्नु पर्छ । यसो गर्दा फोन तात्ने समस्या कम हुन्छ , साथै इन्टरनेट डाटा पनि सेभ हुन्छ ।

ब्याट्रीका कारण तात्दा

फोन पुुरानो भइसकेको छ भने तात्ने समस्या ब्याट्रीका कारणले पनि निम्तिएको हुन सक्छ । दुई वर्ष पुरानो फानेको ब्याट्रीको ब्याकअप कम हुँदै जान्छ । साथै, पुरा चार्ज हुन पनि समय लाग्छ । र, लामो समयसम्म चार्जिङमा राख्दा तात्न थाल्छ । यो अवस्थामा फोनको ब्याट्री नै फेरिदिनु राम्रो हुन्छ ।

लाइभ स्ट्रिमिङमा तात्दा

भिडियो स्टिङमिङ या अनलाइन म्युजिक प्ले गरिरहेका बेला फोन तात्ने समस्या छ भने मुख्य दुई कारणले हुन सक्छ । -यामको कमी या प्रोसेसरका कारण यस्तो हुन्छ । यो समस्याबाट छुट्कारा पाउन लाइभ स्ट्रिमिङका बेला भिडियो क्वालिटी एचडीमा नराख्नुहोस् । एचडी क्लालिटीले फोन निश्चित रुपमै तात्छ । म्युजिक सुन्न पनि अनलाइन सिस्टम प्रयोग नगर्नुहोस् । फोनमै सेभ गरेर सुन्ने गर्दा समस्याबाट मुक्ति मिल्छ ।

नोट : फोन तात्ने  कतिपय समस्या  एक–अर्कासँग जोडिएका हुन्छन् । कुनै एउटा समस्या समाधान गर्दा अर्को समस्याले पनि फोन तातिरहेको हुन सक्छ । 

प्रतिक्रिया