एमाले उम्मेदवारको घरमा राखिएको बम सेनाद्वारा निष्क्रिय

एमाले उम्मेदवारको घरमा राखिएको बम सेनाद्वारा निष्क्रिय


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असार २०७४
  • 38K
    Shares

नवलपरासी: नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम शनिवार नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो यद्यपि बम किन र कस्ले राखेको हो यसबारे केही खुलेको छैन् । स्था

नीय तहको निर्वाचनको पूर्वसन्ध्यामा यसरी उम्मेदवारको घरमा बम फेला पर्ने घटना बाहिर आएपछि आम जनमानसलाई थप त्रसित बनाएको छ । रासस

प्रतिक्रिया