हकिङको चेतावनी अर्को ग्रहमा बस्ती सुरू नगरे मानव जाति लोप हुने

हकिङको चेतावनी अर्को ग्रहमा बस्ती सुरू नगरे मानव जाति लोप हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असार २०७४
  • 15K
    Shares

भौतिकशास्त्री स्टेफेन हकिङले पृथ्वी विनासतर्फ उन्मुख भइसकेका कारण मानव जातिको रक्षा गर्न बाह्य ग्रहमा मानव बस्ती सुरु गर्नुपर्ने बताएका छन्

विगत केही समयदेखि बेलायती वैज्ञानिक हकिङले निरन्तर पृथ्वीको जोखिमका बारेमा कुरा गर्दै आएका छन्।

पृथ्वी यति धेरै कोणहरुबाट जोखिममा परेको छ कि यसको भविष्यबारे सोच्दा सकारात्मक हुन् गाह्रो छ। त्यस्ता जोखिम भयङ्कर ठूला र अनेकौं छन्,’ हकिङले तर्क दिएका छन्, ‘हाम्रो भौतिक श्रोत अत्यन्त तीव्र गतिमा रित्तिदैंछ। हामीले आफ्नो ग्रहमा पृथ्वीमा जलवायु परिवर्तन जस्ता घातक कुरा गराएका छौं

विशेषत: बढ्दो तापक्रम, घट्दो ध्रुवीय हिउँ, जंगल फँडानी र जीव विनास जस्ता कुराबाट हकिङ चिन्तित छन्।

नर्वेमा सम्पन्न एक कार्यक्रममा कि-नोट स्पीकरका रुपमा भाषण गर्दै उनले पृथ्वीका बारेमा चेतावनी दिएका हुन्। विज्ञानका जटिल विषयबारे मानिस सचेत हुन् भनेर उक्त कार्यक्रम गरिएको थियो।

कार्यक्रममा उनले जोखिमका विविध पक्षमा प्रकाश पारेका थिए जोखिमबाट बच्न मानिसलाई अन्य ग्रहमा समेत बस्न सक्ने प्राणीका रुपमा विकसित गर्नुपर्ने उनको तर्क थियो

हकिङका अनुसार विगतमा मानिसले श्रोत अभाव भएपछि पृथ्वीकै नयाँ स्थानहरुको खोजी गरेका थिए

कोलम्बसले सन् १४९२ मा नयाँ संसार पत्ता लगाएका थिए। तर अब त्यस्तो नयाँ संसार हामीसँग छैन पृथ्वीमा नयाँ स्वर्ग छैन,’ हकिङले भने, ‘हामीसँग खोज्नका लागि पृथ्वी बाहिरका संसारहरु मात्र छन् अब नयाँ सौर्य प्रणालीहरु खोज्ने बेला भैइसक्यो अन्य ग्रहमा वस्ती बसाउनु हामीले आफूलाई बचाउने सायद एक मात्र विकल्प हो। मानव जातिले पृथ्वी छाड्नै पर्छ भन्ने कुरामा पूर्ण रूपले विश्वस्त छु

आकाश गङ्गामा लगभग १०० अर्ब ग्रह छन्। त्यसमध्ये लाखौँ ग्रह सम्भावित रूपले मानव बस्तीका लागि उपयुक्त छन् त्यसको अर्थ त्यस्ता ग्रहमा स्थिर जलवायु, पानी लगायतका जीवका लागि अत्यावश्यक श्रोतहरु छन्।

हकिङका अनुसार पृथ्वीबाट ३० प्रकाश वर्षको दूरीमा १००० ताराहरु छन्। त्यसमध्ये १ प्रतिशत मात्र पृथ्वी जस्ता ग्रह भेटिए हामीसँग १० वटा बस्न लायक स्थान हुनेछन्

आगामी २०० देखि ५०० वर्षभित्र मानिसले अत्यन्त लामा दूरी पार गर्नसक्ने प्रविधिको विकास गर्ने हकिङले बताए।

अन्य ग्रहमा वस्ती बसाउने कुरा अब विज्ञान कथा मात्र रहेनन्। त्यो त विज्ञानका तथ्य हुनसक्छ,’ हकिङले भने, ‘मानवजाति विशिष्ट जीवका रुपमा रहेको २० लाख वर्ष भयो, मानव सभ्यता सुरु भएको १० हजार वर्ष पुग्यो अझै मानवजातिको विकासक्रम रोकिएको छैन अर्को १० लाख वर्षसम्म मानवजाति बाँच्ने हो भने बहादुरीपूर्वक त्यस्तो स्थानमा जानुपर्छ जहाँ पहिले कोही गएको छैन

प्रतिक्रिया