बर्दिया, २८ कार्तिक २०८३।
बर्दियामा आज मिनि बस पल्टिएर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन्।
गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनि फोर्स बस र विपरीत दिशाबाट जाँदै गरेको CH 01 CM 9437 नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा आज दिउँसो १:४० बजे एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने १५ घाइते छन्।
दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ घर भएका ३४ वर्षीय हुकुम बहादुर खत्री र मोटरसाइकलको पछाडि सवार हाल नामथर, वतन नखुलेका अन्दाजी ५५/६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
दुवै जनालाई बर्दिया जिल्ला अस्पताल, गुलरियामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। पछाडि सवार पुरुषलाई दिउँसो २:०९ बजे र चालक खत्रीलाई २:१३ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण
दुर्घटनामा घाइते भएका १५ जनाको बर्दिया जिल्ला अस्पताल, गुलरियामा उपचार भइरहेको छ। केहीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने केही डिस्चार्ज भएका छन्।
१. हरि चौधरी, ४० वर्ष
गुलरिया नगरपालिका-८, बर्दिया। मिनि फोर्स चालक। दाहिने हातमा चोट, अवस्था मध्यम। सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि., नेपालगञ्जमा उपचार भइरहेको।
२. रेखा कार्की, ४४ वर्ष
मधुवन नगरपालिका-६ सानोश्री, बर्दिया। टाउको र ढाडमा सामान्य चोट।
३. ललिता चौधरी, २६ वर्ष
मधुवन नगरपालिका-९ धर्मबस्ती, बर्दिया। टाउको र दाहिने कोखामा चोट, अवस्था मध्यम। दिउँसो ३:२५ बजे नेपालगञ्ज रिफर।
४. सृजना मगर, २८ वर्ष
मधुवन नगरपालिका-९ बाह्रनम्बर, बर्दिया। दाहिने हात र कुममा सामान्य चोट।
५. ऋतु चौधरी, ३३ वर्ष
मधुवन नगरपालिका-७ सुक्रबस्ती, बर्दिया। शरीरको दाहिने भागमा सामान्य चोट।
६. सुरज बहादुर राजी, १८ वर्ष
मधुवन नगरपालिका-५, बर्दिया। दाहिने हात र टाउकोमा चोट, अवस्था मध्यम। दिउँसो ३:२५ बजे नेपालगञ्ज रिफर।
७. संगम वली, १७ वर्ष
मधुवन नगरपालिका-५, बर्दिया। टाउको र दाहिने हातमा चोट, अवस्था मध्यम। दिउँसो ३:२५ बजे नेपालगञ्ज रिफर।
८. प्रसाद थारु, ७७ वर्ष
बारबर्दिया नगरपालिका-२ जोगीगाउँ, बर्दिया। बायाँ हात र दाहिने कुममा चोट, अवस्था मध्यम।
९. अर्धना पाठक, १९ वर्ष
गुलरिया नगरपालिका-१० कालाबञ्जरा, बर्दिया। टाउकोमा सामान्य चोट। दिउँसो ३:३५ बजे डिस्चार्ज।
१०. अनन्य पाठक, १५ वर्ष
गुलरिया नगरपालिका-१० कालाबञ्जरा, बर्दिया। टाउकोमा सामान्य चोट। दिउँसो ३:३५ बजे डिस्चार्ज।
११. यमलाल थारु, १८ वर्ष
गुलरिया नगरपालिका-१ खैरापुर, बर्दिया। दाहिने कोखामा चोट, अवस्था मध्यम।
१२. ईश्वरी न्यौपाने, ३४ वर्ष
कोहलपुर नगरपालिका-३ किरणनाला, बाँके। शरीरको दाहिने भागमा सामान्य चोट।
१३. अञ्जली घिमिरे, २३ वर्ष
कोहलपुर नगरपालिका-११ एनटीभी रोड, बाँके। दाहिने हात र टाउकोमा सामान्य चोट। दिउँसो ३:३५ बजे डिस्चार्ज।
१४. लक्ष्मी बि.क., २७ वर्ष
तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँ, दाङ। दाहिने हात र दाहिने खुट्टामा सामान्य चोट। दिउँसो ३:३५ बजे डिस्चार्ज।
१५. अन्मोल बि.क., ४ वर्ष
तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँ, दाङ। निधारमा सामान्य चोट। दिउँसो ३:३५ बजे डिस्चार्ज।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।