चितवनमा बोलेरो जीप दुर्घटना : २५ जना घाइते

चितवनमा बोलेरो जीप दुर्घटना : २५ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०८३
  • 285
    Shares

चितवन, २० कार्तिक २०८३।

चितवनमा आज दिउसो बोलेरो जीप दुर्घटनाग्रस्त हुँदा २५ जना घाइते भएका छन्।

भण्डाराबाट राप्ती नगरपालिका–११, थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बोलेरो जीप आज दिउँसो करिब ४:३० बजे चितवनको राप्ती नगरपालिका–५, सिपडाँडामा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटनाग्रस्त हुँदा २५ जना घाइते भएका हुन्।

दुर्घटनामा जीपमा सवार २५ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पताल पठाइएको छ।

घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार