“बर्खास्त” आइजीपी दानबहादुर कार्कीको रिट सर्बोच्च अदालतमा दर्ता : पद पुनर्बहालीको माग

“बर्खास्त” आइजीपी दानबहादुर कार्कीको रिट सर्बोच्च अदालतमा दर्ता : पद पुनर्बहालीको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०८३
  • 475
    Shares

काठमाण्डौ, २० कार्तिक २०८३।

सरकारद्वारा “बरखास्त”मा परेका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

आफुलाई पुनर्बहालीको माग गर्दै दायर गरिएको उक्त रिटमा आफूलाई सुनुवाइको मौका नदिई बिना आधार र कारण गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको”” जिकिर गरिएको छ।

कार्कीले बिहीबार रिट पेश गरेका थिए। रिट दर्ता भए पनि सुनुवाइका लागि पेशी भने तय भएको छैन।

कात्तिक १८ को मन्त्रिपरिषद् निर्णय अनुसार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो। सोही निर्णय अनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार