१८ वर्षअघि रुपन्देहीमा गोली हानी हत्या गरेर भागेका दुई जना पक्राउ

१८ वर्षअघि रुपन्देहीमा गोली हानी हत्या गरेर भागेका दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०८३
  • 266
    Shares

रुपन्देही, २० कार्तिक २०८३।

१८ वर्षअघि एक व्यक्तिको गोली हानी हत्या गरेर भागेका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका–४ निवासी ६८ वर्षीय प्रल्हाद कुर्मी र ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी रहेका छन्।

प्रहरीका अनुसार, उनीहरुले २०६५ साल कात्तिक ६ गते राति मुनिराम राजभरको कञ्चटमा गोली हानी हत्या गरेर भागेका थिए।

पक्राउ परेका दुवै जनालाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि रुपन्देही कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार