गोरखा, २० कार्तिक २०८३।
गोरखामा भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ।
आरुघाटबाट गोरखातर्फ आउँदै गरेको ग प्र ०३००१ प ०८१० नम्बरको मोटरसाइकल गोरखा नगरपालिका–८, माथिल्लो खोलखोले गैरी चौतारामा शुक्रबार राति अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा एक युवकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक भिमसेन थापा गाउँपालिका–१, मसेलका ३० वर्षीय महेश बानियाको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको प्रहरीले जनाएको छ।