गुल्मी, २८ असोज २०८३।
गुल्मीमा देवरको कुटाई खाएर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
देवर ४६ वर्षीय देवर बलबहादुर खत्रीको कुटाईबाट गम्भीर घाइते भएकी गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्ककी ४२ वर्षीया लिला खत्रीको उपचारका क्रममा पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको हो।
प्रहरीका अनुसार , देवर बलबहादुर खत्रीले कुटपिट गर्दा लिला गम्भीर घाइते भएकी थिइन्। कुटपिटबाट घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो।
असोज २८ गते लिलालाई उनका छोरा हिराबहादुर खत्रीले लुम्बिनी मेडिकल कलेजबाट घर फर्काउँदै थिए। सोही क्रममा दिउँसो करिब १२:३० बजे बाटोमा आमाको अवस्थाप्रति शंका लागेपछि उनलाई जिल्ला अस्पताल गुल्मी, तम्घास पुर्याइएको थियो। अस्पतालमा परीक्षण गर्ने क्रममा दिउँसो करिब २ बजे चिकित्सकले लिलालाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। घटनाको कारण तथा कुटपिटमा संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।