कांग्रेसको महिला खुलातर्फ १५ केन्द्रीय सदस्य निर्वाचित, वासना थापाले ल्याइन् सर्वाधिक मत

कांग्रेसको महिला खुलातर्फ १५ केन्द्रीय सदस्य निर्वाचित, वासना थापाले ल्याइन् सर्वाधिक मत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०८३
  • 209
    Shares

काठमाडौं, २८ असोज २०८३।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। मंगलबार घोषित मतपरिणाम अनुसार महिला खुलाको १५ सदस्यीय समूहमा ३६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचन समितिले दिएको जानकारी अनुसार वासना थापा सर्वाधिक मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन्। उनले ५ हजार १९३ मत प्राप्त गरेकी छन्।

महिला खुलातर्फ दोस्रो स्थानमा उर्मिला थपलिया रहेकी छन्। उनले ३ हजार ९७० मत प्राप्त गरेकी छन् भने तेस्रो स्थानमा रहेकी निमा गिरीले ३ हजार ९०६ मत प्राप्त गरेकी छन्। त्यस्तै, चौथो स्थानमा कुसुमदेवी थापा ३ हजार २५० मत र पाँचौँ स्थानमा धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित निर्वाचित भएकी छन्।

निर्वाचित अन्य सदस्यहरूमा विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी र मुना भुसाल रहेका छन्।

प्राप्त मतपरिणाम अनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छन्।

त्यसैगरी, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार