पोखरामा एकाबिहानै स्कुल बस दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते (नामावलीसहित)

पोखरामा एकाबिहानै स्कुल बस दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०८३
  • 95
    Shares

पोखरा , २३ असोज २०८३।

पोखरामा आज एकाबिहानै स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

पोखरा महानगरपालिकाको वडा नम्बर २८ स्थित सौर्यबाट बिद्यार्थी लिएर कालिकास्थित कालिका बोर्डिङतिर आउंदै गरेको ग२ख १४१७ नम्बरको बस कालिकाको ओख्लेबीरबाट करीब दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर वर्ष ६५ बावुराम तिवारी, ममता तिवारी र अशिम कडेलको मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ सोहि दुर्घटनामा परेर बर्ष १४ कि स्नेहा गौतम, बर्ष १३ कि सोनिया तिवारी, बर्ष १३ का अंकित पराजुली, मादी गा पा १ कि बर्ष १५ कि स्मृति खत्री, बर्ष १६ कि स्नेहा तिवारी, बर्ष १४ किआकृति वुढा, बर्ष १५ कि मेरिना तिवारी घाइते भएका छन्। त्यस्तै बर्ष १४ कि सुप्रिया आचार्य, बर्ष १६ एमन मगर, बर्ष १५ कि अस्मि कडेल, बर्ष ३१ का अर्जुन शाही (नेपाल प्रहरी) , चालक बर्ष ५७ का तुलबहादुर गुरुङ पनि घाइते भएका छन्। उनीहरुको साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ।

गण्डकी मेडिकल कलेज(GMC)मा उपचारत घाईतेहरु:-
१.जिल्ला कास्की पोखरा म.न.पा. २८ सौर्य बस्ने बर्ष १६ कि सृष्टि तिवारी(कक्षा १० मा अध्यनरत)-टाउको, दाँया कुम, कम्मर र दाँया खुट्टामा चोट अवस्था मध्यम, बोल्न सक्ने
२.ऐ.ऐ. २८ सौर्य बस्ने बर्ष १६ को शिसन थापा मगर(कक्षा १० मा अध्यनरत)-टाउको,ढाड र दुवै हातमा चोट, अबस्था मध्यम
३. ऐ.ऐ. २८ डाडागाउ बस्ने बर्ष १६ को सौगात तिमिल्सिना(कक्षा १० मा अध्यनरत)-टाउको, ढाड र दुवै खुट्टामा चोट, अवस्था मध्यम ।


१.जिल्ला कास्की पोखरा म.न.पा. २८ बस्ने ऐ.ऐ. बस्ने बर्ष १५ कि अस्मी कँडेल-टाउको र ढाडमा चोट अवस्था सिरियस ।

२.ऐ.ऐ. बस्ने बर्ष १४ कि स्नेहा गौतम-टाउकोमा चोट, अवस्था मध्यम ।

३.ऐ.ऐ. बस्ने बर्ष १३ कि सोनिया तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।

४. ऐ.ऐ. बर्ष १३ को अंकित पराजुली-टाउकोमा चोट, अवस्था मध्यम ।

५.ऐ. मादी गा.पा. १२ बस्ने बर्ष १५ कि स्मृती खत्री- टाउकोमा चोट, अवस्था मध्यम ।

६. ऐ.ऐ.बस्ने बर्ष १६ कि स्नेहा तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।

७. ऐ.ऐ. बस्ने बर्ष १४ कि आकृती बुढाथोकी-टाउकोमा चोट, अवस्था मध्यम ।

८. ऐ.ऐ. बस्ने बर्ष १५ कि मेरिना तिवारी- टाउकोमा चोट, अवस्था मध्यम ।

९. ऐ.ऐ. बर्ष १४ कि सुप्रिया आचार्य- टाउकोमा चोट, अवस्था मध्यम ।

१०. ऐ.ऐ. बस्ने बर्ष १६ को यमन मगर- टाउकोमा चोट, अवस्था मध्यम ।

१३.चालक:- जिल्ला कास्की पोखरा १५ बस्ने बर्ष ५७ को तुल बहादुर गुरुङ-ढाड र छातीमा चोट,अवस्था मध्यम ।

१५.नामथर वतन नखुलेको बर्ष अं. १३/१४ कि बालिका- अवस्था सिरियस ।

१६. नामथर वतन नखुलेको बर्ष अं. १३/१४ कि बालिका- अवस्था सिरियस ।

१.व.प्र.का.बगर दरबन्दी भई हाल इ.प्र.का. शिशुवामा कार्यरत बर्ष ३१ को प्र.ज.अर्जुन शाही(कम्पुटर-467031 संकेत नं.- C-00134777) सामान्य घाईते, पश्चिम क्षेत्रिय गण्डकी अस्पतालमा उपचार भईरहेको

प्रतिक्रिया
सम्बन्धित समाचार