एकलाख रुपैयाँ घुस लिंदालिँदै मलंगवाका इन्जिनियर पक्राउ

एकलाख रुपैयाँ घुस लिंदालिँदै मलंगवाका इन्जिनियर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ असोज २०८३
  • 361
    Shares

सर्लाही, २१ असोज २०८३।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मलंगवा नगरपालिकाका इन्जिनियर डिकेश यादवलाई घुसरकम एकलाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ।

मलंगवा नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर यादवलाई मंगलबार साँझ नगरपालिकाबाटै सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको विभिन्न स्रोतले जनाएका छन्।

स्रोतका अनुसार इन्जिनियर यादवले सेवाग्राहीको घरको नक्सा पास गरिदिने भन्दै एकलाख रुपैयाँ रकम मागेको सूचना अख्तियारमा पुगेको थियो। सोही सूचनाका आधारमा बर्दिबास कार्यालयबाट खटिएको टोली मलंगवा नगरपालिका पुगेको थियो।

अख्तियारको टोलीले यादवलाई सेवाग्राहीबाट एकलाख रुपैयाँ लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको बताइएको छ। उनको साथबाट उक्त रकम बरामद गरिएको जनाइएको छ।

अख्तियारले यादवमाथि थप अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका क्रममा आरोप पुष्टि भएमा प्रचलित भ्रष्टाचारसम्बन्धी कानुनअनुसार प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया