कैलाली, २० असोज २०८३ ।
कैलालीमा चट्याङ लाग्दा गएराती जन्मदिन मनाइरहेका सात जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिनको कार्यक्रम चलिरहेका बेला घटना भएको हो। प्रहरीका अनुसार राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ पर्दा त्यसको झिल्काले छतमा रहेकाहरूलाई असर गरेको थियो।
घाइते हुनेहरूमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।
सबै घाइतेलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल लगिएको थियो। प्रहरीले उनीहरूको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको जानकारी दिएको छ।
नोट: यो सांकेतिक चित्र हो।