काठमाडौँ, १४ असोज २०८३।
गृह मन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा दुई जना सहयाक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा हेरफेर गरेको छ।
गृह मन्त्रालयको सोमबारको निर्णयअनुसार राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणी तथा तृतीय गरी आठ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।
निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवर, जिल्ला प्रशासन कार्यालय रामेछापबाट गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएकी छन्। त्यस्तै, प्रमुख जिल्ला अधिकारी शान्ति राज प्रसाईं जिल्ला प्रशासन कार्यालय प्युठानबाट जिल्ला प्रशासन कार्यालय सिरहामा प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन्।
सहसचिव मोतीराम सापकोटालाई गृह मन्त्रालय वा अन्तर्गतबाट जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। सहसचिव तुलसी बहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गतबाट जिल्ला प्रशासन कार्यालय डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।
यस्तै, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई जिल्ला प्रशासन कार्यालय डोटीबाट गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
उपसचिव भक्तिराम मरासिनीलाई गृह मन्त्रालय वा अन्तर्गतबाट जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद घिमिरेलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। गृह मन्त्रालयले प्रशासनिक आवश्यकता तथा मन्त्रालयको निर्णयअनुसार उक्त सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
