यी हुन् मोबाइलको मेमोरी खाली गर्ने सरल तरिका

यी हुन् मोबाइलको मेमोरी खाली गर्ने सरल तरिका


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ जेष्ठ २०७४
  • 14K
    Shares

हरेक स्मार्टफोन प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनमा लो मेमोरीको समस्याले सताउँदछ । खासगरी जुन स्मार्टफोनमा माइक्रो एसडी कार्ड हुँदैन त्यस्ता स्मार्टफोनमा इन्टर्नल मेमोरी छिटै भरिन्छ ।

स्पेस कम हुँदा प्रयोगकर्तालाई फोटो तथा भिडियो खिच्न त कठिनाई हुन्छ नै, नयाँ एप पनि डाउनलोड गर्न पाउँदैनन् । यस्तो समस्यालाई हटाउनका लागि स्मार्टफोन प्रयोगकर्ताले यी उपाय अपनाउनुपर्दछ ।

१. क्लियर क्याच तथा डाटा

यसका लागि Setting<Storage<Apps  मा जाने । त्यहाँ एप्सलाई open गरी Storage मा जाने । त्यसपछि प्राप्त दुुई विकल्प clear data तथा clear cache मा दुुबै अप्सनमा क्लिन गर्न सक्नुहुन्छ ।

त्यस्तै, Settings<Storage<Internal Storage<Cached data मबतब बाट प्रयोगकर्ताले फोनको इन्टर्नल मेमोरीको cache data हटाउन सक्दछन् । फोनमा विस्तारै विस्तारै १०० एमबी वा त्यो भन्दा पनि धेरै cache डाटा भरिएका हुन्छन् ।

२. एपलाई microSD कार्डमा मूूभ गर्ने

कतिपय प्रयोगकर्ताालई थाहा हुँदैन की प्ले स्टोरबाट इन्स्टल गरेका एपहरु फोनको इन्टर्नल मेमोरीमा सेभ हुन्छन् । ती एपलाई फोनको इन्टर्नल मेमोरीबाटmicroSD कार्डमा सार्न सकिन्छ । यसका लागि Settings<Storage<Apps मा जानुपर्दछ । यदि एपमा Move to card को अप्सन आयो भने त्यसलाई इन्टर्नल मेमोरीबाट कार्डमा सार्न सकिन् छ। तर कतिपय एप चाहीँ फोनको रजिस्ट्री सँग जोडिएका हुन्छन्, त्यसैले मूुभ गर्न सकिँदैन ।

३. गुुगल फोटोजको प्रयोग

कार्ड तथा इन्टर्नल मेमोरीले पनि स्मार्टफोनका डाटा अटाउन सकेन भने अर्को विकल्प पनि छ । त्यसका लागि Google Photos को प्रयोग गर्न सकिन्छ । गुुगल आफ्ना प्रयोगकर्तालाई १५ जिबीको निशुल्क क्लाउड स्पेस दिन्छ । जहाँ प्रयोगकर्ताले १६ मेगापिक्सेल साइजका फोटोसँगै एचडी भिडियो समेत सेभ गर्न सक्दछन् । न्ययनभि एजयतयक मा गएर अटोम्याटिक ब्याकअप अन गरिसकेपछि त्यहाँ सेभ भएका फोटो तथा भिडियोलाई कार्ड तथा इन्टर्नल मेमोरीबाट हटाउन सकिन्छ ।

४.लाइट एप्सको प्रयोग

Face, Messenger, YouTube जस्ता कैयन एपहरु फोनको इन्टर्नल मेमोरीमा इन्स्टल हुन्छन् । यी एपमा अपडेट पनि आइरहन्छन् । अपडेटले यी एपको साइजलाई कैयौँ गुणा बढाइदिन्छ । तर यी सबै एपको प्ले स्टोरमा लाइट भर्सन पनि उपलब्ध हुन्छ ।

लाइट भर्सनले कम स्पेस लिन्छ । साथै यसमा अपडेट धेरै नआउने भएकाले यसले फोनको स्पीडमा पनि असर गर्दैन ।

५. क्लाउड स्टोरेजको प्रयोग

फोनको इन्टर्नल मेमोरीका सम्पूूर्ण डाटाहरु क्लाउड स्टोरेजवाला एप्स जस्तै Dropbox, One Drive तथा Google Drive मा सार्न सकिन्छ । यी क्लाउड एप सुरक्षित तथा निशुल्क हुन्छन् । आफ्ना डाटालाई सधैभरका लागि सेभ गर्न सकिन्छ यहाँ र चाहिएको बेला प्रयोग गर्न सकिन्छ । डकुमेन्टहरुलाई फरक फरक फोल्डर बनाएर सेभ गर्न सकिन्छ ।

एजेन्सी

प्रतिक्रिया