सुनसरीको देवानगञ्जमा फेरि अज्ञात समूहद्वारा गोली प्रहार : एक जना घाइते, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा फेरि अज्ञात समूहद्वारा गोली प्रहार : एक जना घाइते, दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ असोज २०८३
  • 627
    Shares

पोखरा, ३ असोज २०८३ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा शनिबार साँझ गोली प्रहार हुँदा एक जना घाइते भएका छन्।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी दिए।

प्रहरीका अनुसार यादवको तिघ्रामा गोली लागेको छ। गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली प्रहार गर्ने समूहको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। घटनाको कारणसमेत यकिन भइसकेको छैन।

प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तथा पहिचानका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया