अमेरिकाको एफ–१६ लडाकु विमान मिशिगनमा दुर्घटनाग्रस्त

अमेरिकाको एफ–१६ लडाकु विमान मिशिगनमा दुर्घटनाग्रस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ असोज २०८३
  • 361
    Shares

काठमाडौँ, २ असोज २०८३।

अमेरिकाको मिशिगन राज्यमा प्रशिक्षण अभ्यासमा सहभागी एफ–१६ लडाकु विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ। ग्रान्ड ट्राभर्स काउन्टीमा भएको दुर्घटनाअघि विमानका पाइलटले इजेक्सन गरी ज्यान जोगाएका छन्। उनको अवस्था स्थिर रहेको मिशिगन स्टेट पुलिसले जनाएको छ।

विमानमा पाइलट मात्रै सवार थिए। दुर्घटनामा अन्य व्यक्ति घाइते भएका छैनन्। विमान खसेपछि बस्ती नजिकै आगोको ठूलो मुस्लो र धुवाँ देखिएको थियो।

हवाई सञ्चारको अडियोअनुसार विमानले चरासँग ठोक्किएको हुन सक्ने प्रारम्भिक जानकारी दिइएको थियो। विमानले इन्जिनमा समस्या आएपछि पाइलटले इजेक्ट गरेको हुन सक्ने बताइएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण पुष्टि भइसकेको छैन।

एसोसिएटेड प्रेसका अनुसार एफ–१६ मिशिगनको अल्पेना नेसनल गार्ड बेसमा भइरहेको प्रशिक्षण अभ्यासमा सहभागी थियो।

दुर्घटनापछि विमानसँग सम्बन्धित खतरनाक रासायनिक पदार्थ चुहावट भएको भन्दै घटनास्थलको एक माइल क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

सैन्य विमान दुर्घटनाको अनुसन्धान अमेरिकी सेनाले गर्ने भएकाले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। FAA का अनुसार अमेरिकामा हरेक वर्ष हजारौँ विमान चरा तथा अन्य वन्यजन्तुसँग ठोक्किने घटना हुने गरेका छन्। सिएनएनको सहयोगमा

प्रतिक्रिया