रास्वपाका सहमहामन्त्री ढकालको नेतृत्वमा रास्वपा कार्यकर्ताले महोत्तरीबाट फरार अभियुक्त सिंहलाई भगाए

रास्वपाका सहमहामन्त्री ढकालको नेतृत्वमा रास्वपा कार्यकर्ताले महोत्तरीबाट फरार अभियुक्त सिंहलाई भगाए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० भाद्र २०८३
  • 551
    Shares

पोखरा, २९ भदौ २०८३ ।

रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरि ढकालको नेतृत्वमा रहेको एक समूहले ज्यान मार्ने उद्योगमा महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तलाई भएको खबर सार्वजनिक भएको छ। उक्त समाचार नेपालप्रेस डट कमले सार्वजनिक गरेको हो।

उक्त सार्वजनिक समाचार अनुसार , आइतबार जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा रास्वपा सहमहामन्त्री एवं सांसद हरि ढकालको नेतृत्वमा भएको कार्यक्रममा ज्यान मार्ने उद्योगमा फरार अभियुक्त रोमन प्रताप सिंह ‘रोमन’ सहभागी भएको र उनलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई रास्वपाका कार्यकर्ताले अवरोध गरेर भगाएका थिए ।

पछिल्लो समय रास्वपाले मधेशमा देखिएको समस्या समाधानका लागि सहमहामन्त्री ढकाललाई मधेश प्रदेशका विभिन्न जिल्लामा ‘पार्टी अडिट’ गर्न खटाएको छ । शनिबार जनकपुरधाम पुगेका ढकाल आइतबार दिउँसो महोत्तरीको कार्यक्रममा पुगेका थिए ।

सांसद ढकाल राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका छन् । सोही कार्यक्रममा गत जेठमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दाका मुख्य प्रतिवादी मनरा सिस्वा नगरपालिका–२ का रोमन प्रताप सिंह ‘रोमन’ पनि सहभागी थिए ।

रोमन सो कार्यक्रममा पुगेको प्रहरीलाई सूचना पुगेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको एक विशेष टोली उनलाई पक्राउ गर्न त्यहाँ पुगेको थियो । तर रास्वपाकै कार्यकर्ता एवं सहमहामन्त्री ढकालले नाराबाजी गर्न थालेका थिए । रोमनलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइरहेको र रास्वपाका कार्यकर्ताले नाराबाजी गरेको प्रस्टै देखिने भिडियो आफूहरुसंग रहेको पनि नेपाल प्रेसले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी श्याम सारु मगरले ज्यान मार्ने उद्योगको मुद्दामा प्रहरीको खोजीमा रहेका रोमन प्रताप सिंह रास्वपाका कार्यकर्ताको अवरोधकै कारण फरार हुन पुगेको पुष्टि गरे ।

नेपाल प्रेससँगको कुराकानीमा एसपी मगरले सो घटना भएको र त्यहाँ उपस्थित कार्यकर्ताको हुलहुज्जतकै कारण प्रहरीले रोमनलाई नियन्त्रणमा लिन नसकेको बताए । उनका अनुसार कार्यक्रममा रोमन चिप्लिएर फरार भए पनि प्रहरीले उनको खोजी कार्य जारी राखेको छ।

गत जेठ १७ गते महोत्तरीको मनरा सिस्वा नगरपालिकामा रास्वपाको नगर अधिवेशन डाकिएको थियो। सोही नगर अधिवेशनमा रास्वपाकै कार्यकर्ताबीच झडप भएको थियो ।

दुई पक्षबीच विवाद भएपछि तत्कालीन नगर सभापति रहेका रमण सिंहले परिचित रोमन प्रताप सिंहले आफ्नो पक्षका कार्यकर्ता लगाएर असन्तुष्ट पक्षमाथि कुटपिट गरेको आरोप लागेको थियो ।

नेतृत्व चयनको विषयमा उत्पन्न विवादले दुई पक्षबीच झडप भएको थियो। सो झडपमा मनरा सिस्वा नगरपालिकाका सतीशकुमार कापरसहित पाँच जना घाइते भएका थिए। अन्यको अवस्था सामान्य रहे पनि मनरा सिस्वा नगरपालिका–१ का सतीश कापर र सोही पालिका का गोविन्द कापर गम्भीर घाइते भएका थिए ।

आफ्नै असन्तुष्ट कार्यकर्तामाथि गुण्डा लगाएर कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रोमनविरुद्ध सतीश कापरले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेका थिए। गत साउन ४ गते महोत्तरी जिल्ला अदालतले रोमनलाई पक्राउ गरी अनुसन्धान गर्न आदेशसहित पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वभरनाथ साहले बताए ।

निरीक्षक साहका अनुसार विशेष सूचनाको आधारमा रोमनलाई सोमबार पक्राउ गर्न खोजिएपनि असफल भएको बताए । उनलाई पक्राउ गर्न जाँदा प्रहरीलाई अवरोध भएको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले प्रहरीले रोमनको खोजी कार्य जारी राखेको बताए ।

प्रहरी स्रोतका अनुसार रोमनलाई पक्राउ गर्न प्रहरीको एक टोली पुगेको खबर बाहिरबाट सांसद ढकाल र रोमन समर्थित कार्यकर्तासम्म पुगेको थियो । सोही क्रममा रोमनका समर्थकहरूले होहल्ला मच्चाएका थिए ।

प्रहरीले रोमनलाई जसरी पनि लिएर जाने अडान कसेपछि सांसद ढकालले ‘सँगै हिँड रोमन’ भनेको स्रोतको दाबी छ। रास्वपाका एक टोलीले प्रहरीलाई गेटमा रोकिरहेको बेला माननीयसँगै निस्किएका रोमन त्यहाँबाट फुत्तै निस्किएको स्रोतको दाबी छ। ‘माननीय स्वयं निस्किएपछि प्रहरी पनि केही समय अलमलमा परेको र त्यही मौका छोपेर रोमनलाई भगाइएको प्रहरी स्रोतको दाबी छ ।’

प्रतिक्रिया