दोलखामा भिर फुटेर पहिरो खस्यो : कापाराङ बस्तीदेखि तल्लो तटीय क्षेत्रमा उच्च जोखिम

दोलखामा भिर फुटेर पहिरो खस्यो : कापाराङ बस्तीदेखि तल्लो तटीय क्षेत्रमा उच्च जोखिम


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ भाद्र २०८३
  • 152
    Shares

काठमाडौँ, २८ भदौ २०८३।

दोलखाको बिगु गाउँपालिका–८ स्थित कापाराङ बस्तीमुनि ठूलो पहिरो खस्दा खोला थुनिएको छ। पहिरोले खोलाको प्राकृतिक बहाव पूर्णरूपमा अवरुद्ध भएपछि तल्लो तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ।

लगातारको वर्षाका बीच भिर फुटेर विशाल पहिरो खसेको स्थानीयले बताएका छन्। पहिरोसँगै खसेको ढुंगा, माटो र लेदोले खोला थुनिएपछि पानी जम्न थालेको छ।

खोला थुनिएपछि स्यार्वाराङ, टार, तल्लो टार, सोरोङखोला हाइड्रोपावर क्षेत्र हुँदै कालिञ्चोक र सिङ्गटीसम्म बाढीको जोखिम बढेको हो। थुनिएको भागमा पानीको सतह निरन्तर बढिरहेकाले कुनै पनि बेला थुनिएको पहिरो फुटेर एक्कासि ठूलो बाढी आउन सक्ने त्रासमा स्थानीय छन्।

स्थानीय बासिन्दाले कालिञ्चोक हाइड्रोपावर निर्माण र सडक विस्तारलगायतका विकास निर्माणका गतिविधिका कारण सो क्षेत्रको भू-बनोट कमजोर बनेको हुनसक्ने आशंका गरेका छन्।

घटनाको वास्तविक कारण पत्ता लगाउन र सम्भावित विपद् रोक्न तत्काल प्राविधिक टोलीद्वारा स्थलगत अध्ययन, अनुगमन र समयमै सतर्कता अपनाउनुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया