पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ भाद्र २०८३
  • 608
    Shares

पोखरा, २७ भदौ २०८३

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पुनः अघि बढाउने भएको छ।

महानगरको अन्तिम छानविनअनुसार बसपार्क क्षेत्रमा ३२५ परिवार भूमिहीन२४२ परिवार अव्यवस्थित बसोबासी छन्। भूमिहीनमध्ये १४४ परिवार भूमिहीन दलित१८१ परिवार भूमिहीन सुकुम्बासी रहेका छन्। महानगर कार्यपालिका बैठकले उनीहरूको विवरण प्रमाणीकरण गरिसकेको छ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार बाँकी व्यवस्थापन प्रक्रिया आउँदो आइतबारदेखि अघि बढाइनेछ। विपद्का कारण केही दिन रोकिएको प्रक्रिया अब पुनः सुरु गरिने उहाँले बताउनुभयो।

महानगरले वैकल्पिक व्यवस्था गरेर मात्र सुकुम्बासी बस्ती हटाउने जनाएको छ। त्यसका लागि केही स्थानमा जमिनसमेत पहिचान भइसकेको छ।

विसं २०३२ मा बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गरिए पनि अतिक्रमणलगायतका कारण पाँच दशकसम्म बसपार्क निर्माण हुन सकेको छैन। जग्गा खाली भएपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने महानगरको योजना छ।

दक्षिण कोरियाको **कोरियाली विकास नियोग (कोइका)**ले पोखराको स्मार्ट, प्रविधिमैत्री तथा वातावरणमैत्री यातायात व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको महानगरले जनाएको छ।

प्रतिक्रिया