चितवनको भरतपुरमा एकाबिहानै गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु

चितवनको भरतपुरमा एकाबिहानै गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ भाद्र २०८३
  • 969
    Shares

चितवन, २६ भदौ ।२०८३

चितवनमा नजिकै एकाबिहानै गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

 पूर्वबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा गुडिरहेको अवस्थामा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको हो।

कारमा लागेको आगलागी दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

आगो निभाएपछि कारभित्र एक जना जलेर मृत अवस्थामा फेला परेका थिए। मृतकको पहिचान भने खुल्न सकेको छैन।

आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया