खाने हैन त सरकारी जागीर ? सशस्त्र प्रहरीमा खुल्यो भर्ना

खाने हैन त सरकारी जागीर ? सशस्त्र प्रहरीमा खुल्यो भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ भाद्र २०८३
  • 798
    Shares

पोखरा, २६ भदौ ।२०८३।

सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी गरेको छ। 

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै प्रहरी जवानसहित विभिन्न पदमा ६ सय ६६ जनाको पदपूर्ति गर्न लागिएको जनाएको हो। 

सूचनाअनुसार ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक, २ जना चर्मकर्मी र १ जना मालीको लागि दरखास्त आह्वान गरिएको छ। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया