रसुवा बाढी अपडेट : विशाल पहिरोका कारण ल्हेन्दे खोलामा बाढी आएको वैज्ञानिक निष्कर्ष

रसुवा बाढी अपडेट : विशाल पहिरोका कारण ल्हेन्दे खोलामा बाढी आएको वैज्ञानिक निष्कर्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ भाद्र २०८३
  • 1.3K
    Shares

नेपाल–तिब्बत सीमावर्ती ल्हेन्दे खोला क्षेत्रमा गएको विनाशकारी बाढी र लेदो बहावको मुख्य कारण विशाल पहिरो रहेको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको अध्ययनले देखाएको छ।

सुरुमा ४.४ म्याग्निच्युडको भूकम्प, हिमताल वा बाँध फुटेका कारण बाढी आएको अनुमान गरिए पनि भूकम्पीय तथ्याङ्क र भूउपग्रह तस्बिरको विश्लेषणबाट ठूलो चट्टानी पहाड भत्किएर पहिरो गएको पुष्टि भएको हो। पहिरोसँगै बरफ, चट्टान र लेदो खोलामा खसेपछि ठूलो बाढी आएको वैज्ञानिकहरूको निष्कर्ष छ।

वैज्ञानिकहरूले यसलाई पहिरो, लेदो बहाव र बाढी एकपछि अर्को जोडिएको ‘क्यास्केडिङ हजार्ड’का रूपमा व्याख्या गरेका छन्। घटना पछाडिको पानीको ठूलो स्रोतबारे भने थप अध्ययन भइरहेको छ।

जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा पर्माफ्रस्ट पग्लिँदै जाँदा यस्ता ठूला पहिरोको जोखिम बढिरहेको वैज्ञानिकहरूले बताएका छन्।

प्रतिक्रिया