काठमाडौं, २४ भदौ २०८३।
गएको भदौ १० गते आएको बाढीका कारण भोटेकोसी र त्रिशूली नदी किनारमा खटिएका नेपाली सेनाका जवानसहित ठूलो संख्यामा हतियार तथा गोलीगट्ठा बगाएको जनाइएको छ।
बाढीमा परी ४५ जना नेपाली सेना सम्पर्कविहीन भएका थिए। ब्यारेकमा रहेका तथा ड्युटीमा खटिएका सैनिकले बोकेका हतियारसमेत बाढीले बगाएको बताइएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीमा कति हतियार बगे भन्ने यकिन विवरण नेपाली सेनाले संकलन गरिरहेको छ। प्रशासनले बाढीका क्रममा बगेका हतियार तथा गोलीगट्ठा फेला पार्ने जोकोहीलाई तत्काल सुरक्षा निकायलाई बुझाइदिन आग्रह गरेको छ।
बाढीले हतियार तथा गोलीगट्ठा बगाएको जानकारी शेर गण, श्रीडाँडा ब्यारेक, नुवाकोटले प्रशासनलाई गराएको थियो। बाढीका कारण शेर गणअन्तर्गतको देवीघाटस्थित सुरक्षा बेससमेत प्रभावित भएको र त्यहाँ रहेका हतियार तथा सैनिक सामग्री बगेको जनाइएको छ।
त्यस्तै, रसुवाको टिमुरे, स्याफ्रुबेसी र मैलुङ क्षेत्रमा तैनाथ नेपाली सेनाका सुरक्षा बेसहरू पनि बाढीबाट प्रभावित भएका छन्। ती क्षेत्रबाट हतियार, गोलीगट्ठा, सैनिक सामग्री तथा विभिन्न उपकरण बगेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन्।
प्रशासनले बाढीमा बगेका हतियार फेला परेमा आफूसँग राख्नु गैरकानुनी हुने भन्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर तत्काल सम्बन्धित सुरक्षा निकायलाई बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
बाढीमा परी ४५ नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सम्पर्कविहीन भएका थिए। उनीहरूमध्ये हालसम्म तीन जना नेपाल प्रहरी र एक जना सशस्त्र प्रहरीको शव फेला परेको