पोखरा , २४ भदौ २०८३।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङखोलाको पानीको बहाव बिस्तारै घट्न थाले पछि स्थानीयमा त्रास उत्पन्न हुन नदिन रातारात स्थानीयलाई ढुक्क रहन आग्रह गर्दै माइकिङ्ग गरिएको छ।
किम्रोङखोला थुनिएको खबरसंगै अनुगमनका लागि राती नै सम्भावित जोखिम क्षेत्र पुगेको सुरक्षाकर्मॆसहितको गाउँपालिकाका पदाधिकारीहरुले “किम्रोङखोलाको बहाव बिस्तारै घटिरहेको र दिउँसोको अवस्थामै पुगेको” खबर पाए पछि रातारात स्थानीयलाई ढुक्क रहन आग्रह गर्दै माइकिङ्ग गर्न लगाएको हो। माइकिङका क्रममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न तथा ढुक्क रहन आग्रह गरेका थिए।
यस अघि खोलाको बहाव घटेपछि माथिल्लो लेकतिर खोला थुनिएको हुन सक्ने आशंका गर्दै रक्षाकर्मीले वीरेठाँटी, एक्वार, हाइजुङ र नयाँपुल बजार क्षेत्रमा पुगेर स्थानीयलाई सचेत गराएका थिए।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले ती क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न तथा ढुक्क रहन आग्रह गरेका थिए। पछिल्लो समय किम्रोङखोलाको बहाव बिस्तारै घटि रहेको छ र पानीको बहाव दिउँसोको अवस्थामै पुगेकाले अहिले तत्कालको खतरा कम हुँदै गएको अन्नपूर्ण गाउँपालिकाका प्रबक्ता भरतमान गुरुङले जानकारी दिए।
खोलाको बहाव सामान्य अवस्थामा फर्किन थालेपछि स्थानीयमा देखिएको त्राससमेत कम हुँदै गएको छ। यद्यपि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई खोला आसपासमा अनावश्यक आवतजावत नगर्न र अवस्थाबारे निरन्तर सचेत रहन आग्रह गरिएको छ।