पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बिजयी बनेर शोभा गौतमले इतिहास रचेकी छिन। आइतबार भएको चुनाबमा अन्य तीन प्रतिष्पर्धीलाई पराजित गर्दै गौतमले इतिहास रचेकी हुन। पोखरा उद्योग वाणिज्य संघको इतिहासमा नै पहिलो पटक अध्यक्ष निर्वाचित हुने पहिलो महिला बनेकी छिन्।
गौतमले अध्यक्ष पदका स्वतन्त्र उम्मेदवारहरु अर्जुन पोखरेल र उत्तममान बुद्धाचार्य तथा प्यानलसाहित अध्यक्षको उम्मेदवारी दिएका बलराम आचार्यलाई पराजित गरेकी छिन।
अध्यक्ष पदमा बिजयी गौतमले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको थियो भने आचार्यलाई नेपाली कांग्रेसको समर्थन रहेको थियो। गौतमले अध्यक्ष पदमा बिजय हासिल गरिरहँदा उनकै प्यानलबाट उद्योगतर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सौगात थापाले बिजय हासिल गरेका छन्. थापा गण्डकी प्रदेश सभा सदस्य बिन्दु कुमार थापाका सुपुत्र हुन्।
आचार्यको प्यानलबाट उम्मेदवारी दिएका दिनेशचन्द्र बास्तोला बरिष्ठ उपाध्यक्ष , वाणिज्य तर्फको उपाध्यक्षमा मनाेज कुमार श्रेष्ठ, महासचिवमा सुदिप प्रधानाङ्ग र कोशाध्यक्षमा देबेन्द्र प्रजुले बिजय हासिल गरेका छन्।