पोखरा उद्योग वाणिज्य संघको चुनावमा २२ सय ७४ मत खस्यो : ब्यापक रुपमा प्यानल मत क्रस भएको आशंका

पोखरा उद्योग वाणिज्य संघको चुनावमा २२ सय ७४ मत खस्यो : ब्यापक रुपमा प्यानल मत क्रस भएको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ भाद्र २०८३
  • 1.6K
    Shares

after pcci election 1

पोखरा, २१ भदौ २०८३ ।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत आइतबार मतदान सम्पन्न भएको छ। पदाधिकारीतर्फ दुईहजार दुईसय ७४ र सदस्यतर्फ दुईहजार एकसय ८ मत खसेको छ। संघमा कुल दुईहजार सात सय ३१ मतदाता रहेका छन्।

अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम प्रतिस्पर्धामा छन्। आचार्य र गौतमको नेतृत्वमा प्यानल बनेका छन् भने पोखरेल र बुद्धाचार्य एकल उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

मतदानपछि चारै उम्मेदवार पक्षले आ–आफ्नो जितको दाबी गरेका छन्। तर, प्यानलभन्दा बाहिर गएर उम्मेदवारलाई मत दिइएको र प्यानलमा विभाजन देखिएकाले परिणामबारे सहज अनुमान गर्न नसकिने मतदाताहरूको भनाइ छ। यसले पदाधिकारीतर्फ समेत मिश्रित परिणाम आउन सक्ने आकलन गरिएको छ।

आचार्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उद्योग उपाध्यक्षमा ललितबहादुर कुँवर, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानांग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देबेन्सन प्रजु उम्मेदवार छन्।

गौतमको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, उपमहासचिवमा यादवप्रसाद पोखरेल र कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ उम्मेदवार छन्। उपमहासचिवमा रामचन्द्र तिमिल्सिना भने स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्।

खुला सदस्यतर्फ १० पदका लागि १३ उम्मेदवार चुनावी मैदानमा छन्। अब मतदानको मतगणनापछि अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको अन्तिम परिणाम सार्वजनिक हुनेछ।

प्रतिक्रिया