त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा

त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०८३
  • 1.3K
    Shares

राष्ट्रिय खेलाडी भरत खवास मेजरमा बढुवा

काठमाडौं, १९ भदौ २०८३ ।

नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन्।

उनी नेपाली सेनाको सह सेनानी कप्तानबाट मेजरमा बढुवा भएका हुन्। उनको यो नियमित बढुवा हो । नेपाली सेना प्रवेश गर्दा भरतले अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएका थिए।

उनी हाल भने रसुवामा गएको विनाशकारी बाढीको उद्धारमा खटिएका छन्। उद्धारमा खटिएकै स्थानमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

सेनाभित्र अनुशासित र मिहिनेती अधिकृतको परिचय बनाएका खवासले मैदानमा त्रिभुवन आर्मी क्लब र राष्ट्रिय टोलीलाई थुप्रै सफलता दिलाएका छन्।

खवासले सन् २०१९ सेप्टेम्बर ५ (२०७६ भदौ १९)मा कुवेतविरुद्ध भएको सन् २०२२ को फिफा विश्वकप तथा सन् २०२३ को एएफसी एसियन कपको संयुक्त छनोट खेलमा पहिलोपटक नेपाली राष्ट्रिय फुटबल टोलीको नियमित कप्तानको रूपमा कप्तानी पनि सम्हालेका थिए।

प्रतिक्रिया