झापाका प्रमुख जिल्ला अधिकारी गेलालले किन दिए राजीनामा ?

झापाका प्रमुख जिल्ला अधिकारी गेलालले किन दिए राजीनामा ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ भाद्र २०८३
  • 1K
    Shares

पोखरा , १७ भदौ २०८३।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले राजीनामा पेश गरेका छन् । 

नेपाल सरकारको सहसचिव समेत रहेका गेलालले जागिरको ६ महिना अवधि बाँकी छँदै राजीनामा दिएका हुन् ।

उनले आफ्नो राजिनामा पत्रमा राजीनामाको कारण भने “घरायसी कारणले स्वेच्छिक अवकाश रोजेको” उल्लेख गरेको प्राप्त समाचारमा जनाइएको छ।

राजीनामा पत्र बुझाएर झापा फर्किएका प्रजिअ गेलाललाई आज जिल्ला प्रशासन कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ।

सरकारले निजामती सेवामा जनशक्ति कटौती गर्ने लक्ष्यसहित ५५ वर्षमै अनिवार्य अवकाश दिने नीति अघि सारेपछि गेलालले राजीनामा दिएको बुझिएको छ।

संघीय निजामती सेवामा लामो समय काम गरेका पुराना कर्मचारीहरूको संख्या घटाउने उद्देश्यले संघीय निजामती विधेयकमार्फत नै यस्तो व्यवस्था गर्न सरकारले गृहकार्य गरिरहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रायका लागि कानुन मन्त्रालयमा पठाएको मस्यौदा विधेयकमा ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीहरूलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ।

यदि यो प्रावधान हुबहु पारित भएर कार्यान्वयनमा आएमा २०२८ सालअघि जन्मिएका र हाल सेवामा रहेका कर्मचारीहरू स्वतः सेवाबाट बाहिरिनेछन्।

प्रतिक्रिया