भैरहवा मालपोतका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध दायर भयो, भ्रष्टाचार मुद्दा

भैरहवा मालपोतका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध दायर भयो, भ्रष्टाचार मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ भाद्र २०८३
  • 988
    Shares

पोखरा , १७ भदौ २०८३।

मालपोत कार्यालय, भैरहवा रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आचार्यसँगै तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतराज कान्त मिश्रविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

आयोगका अनुसार उनीहरूले रुपन्देहीको साविक भुजौली–९ (ख) मा रहेको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरी भ्रष्टाचार गरेको आरोप छ।

उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिम कारबाहीको मागदाबी गरिएको आयोगले जनाएको छ। आरोपपत्रमा उनीहरूबाट चार करोड ५३ लाख ४१ हजार आठ सय रुपैयाँ बिगो कायम गरी सोहीबमोजिम सजायको माग गरिएको छ।

आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया