भारतीय सेना प्रमुख धीरज सेठ काठमाडौं आइपुगे

भारतीय सेना प्रमुख धीरज सेठ काठमाडौं आइपुगे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ साउन २०८३
  • 1.5K
    Shares

पोखरा , ३१ साउन २०८३।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

सोही दिन जङ्गी अड्डामा नेपाल र भारतका प्रधानसेनापतिबीच द्विपक्षीय भेटवार्ता पनि हुने बताइएको छ। भेटवार्तामा दुई देशबीचको सैन्य सहकार्य, आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि घनिष्ठ र ऐतिहासिक रहँदै आएको छ। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदानलगायतका गतिविधि नियमित रूपमा हुँदै आएका छन्।

विशेषगरी नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको विशिष्ट सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ। यो परम्परा सन् १९५० देखि सुरु भएको हो।

परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिँदै आएको छ। यसलाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सैन्य सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।

प्रतिक्रिया