चार वटा मेशिन लगाएर पहिरो हटाइयो, मुग्लिन-काठमाण्डौ दुईतर्फी यातायात सञ्चालन : लेन अनुशासन पालना गर्न आव्हान

चार वटा मेशिन लगाएर पहिरो हटाइयो, मुग्लिन-काठमाण्डौ दुईतर्फी यातायात सञ्चालन : लेन अनुशासन पालना गर्न आव्हान


  • जन संचार
  • आइतबार, ३१ साउन २०८३
  • 1.2K
    Shares

चितवन, २१ साउन २०८३।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन क्षेत्रमा खसेको ठूलो पहिरो चार वटा मेसिन प्रयोग गरेर हटाएपछि पृथ्वी राजमार्गको नारायणगढ–काठमाडौँ सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शनिबार राति खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउन चार वटा मेसिन परिचालन गरिएको थियो।

लामो प्रयासपछि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि अवरुद्ध भएको समयमा रोकिएका सवारीसाधनको चाप अत्यधिक भएकाले मुग्लिन क्षेत्रमा अहिले ठूलो जाम भएको छ।

सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि सवारीसाधनको चापका कारण आवागमन सहज हुन केही समय लाग्ने प्रहरीले जनाएको छ। जाम व्यवस्थापनका लागि प्रहरीले चालकलाई लेन अनुशासन पालना गर्न र जथाभावी ओभरटेक नगर्न आग्रह गरेको छ।

प्रहरीले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै धैर्यपूर्वक सवारी चलाउन तथा अगाडिको सवारीसाधनसँग सुरक्षित दूरी कायम गर्न अनुरोध गरेको छ। लामो समयदेखि रोकिएका सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउने काम भइरहेको जनाइएको छ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुले लामो समयदेखि सास्ती खेप्नुपरेको थियो। सडक खुलेसँगै यात्रुले राहत पाए पनि अत्यधिक सवारी चापका कारण मुग्लिन क्षेत्रमा अझै यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको छ।

प्रतिक्रिया