लागू औषध ६ ग्राम ब्राउनसुगरसहित पोखराबाट आचार्य पक्राउ

लागू औषध ६ ग्राम ब्राउनसुगरसहित पोखराबाट आचार्य पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, २७ साउन २०८३
  • 684
    Shares

पोखरा , २७ साउन २०८३।

अबैध लागू औषध ब्राउनसुगरसहित पोखराबाट एक जना युवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–८, अन्नपूर्ण मार्गबाट बुधबार दिउँसो करिब २:४५ बजे अबैध लागू औषध ब्राउनसुगरसहित एक युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–८ मा बस्दै आएका ४३ वर्षीय रामप्रसाद आचार्य रहेका छन्। उनको साथबाट ६ ग्राम ब्राउनसुगर (खैरो हेरोइन), नगद रकलाख ५५ हजार रुपैयाँ र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका आचार्यविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया