बागलुङ । बागलुङमा गएराती चक्कु प्रहार गरेर एक मजदुरको हत्या भएको छ।
जिल्लाको काठेखोला गाउँपालिका–३, धम्जामा चक्कु प्रहार गरी ढोरपाटन नगरपालिका–७ का बासिन्दा ४० वर्षीय अशोक खत्रीको गएराती हत्या भएको हो।
आपसी विवादका क्रममा ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले खत्रीमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहार गरिएका खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि प्रहरीले घर्तीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।