गाँजा किन्ने क्रममा पैसा तिर्ने बिषयमा विवाद : लमजुङमा ७५ वर्षीया बृद्धाको हत्या

गाँजा किन्ने क्रममा पैसा तिर्ने बिषयमा विवाद : लमजुङमा ७५ वर्षीया बृद्धाको हत्या


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, २७ साउन २०८३
  • 703
    Shares

लमजुङ्, २७ साउन २०८३।

गाँजा किन्ने क्रममा पैसा तिर्ने बिषयमा विवाद हुँदा लमजुङमा एक बृद्धाको हत्या भएको खुलेको छ।

राईनास नगरपालिका–६ फूलबारीकि ७५ वर्षीया काली सार्कीको हत्या सम्बन्धमा अनुसन्धान शुरु गरेको  प्रहरीले त्यस्तो तथ्य खुलाएको हो।

प्रहरीले बृद्धा काली सार्कीको हत्यामा संलग रहेको आरोपमा सोही ठाउँ घर भएका ४८ वर्षीय प्रेम अच्छामीलाई सोमबार पक्राउ गरिएको जिकिर गरेको छ। अभियुक्त अच्छामीले प्रहरी समक्ष गाँजा खरिदका क्रममा पैसाको विषयमा विवाद हुँदा मृतकको घरमै रहेको हंसियाले घाँटी रेटी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख (प्रहरी नायव उपरीक्षक) जितेन्द्र कुमार बस्नेतले बताए ।

बृद्धाको हत्यापश्चात लुटेको ५० लाल तौल बराबरको सुनको गरगहना समेत बरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका अच्छामीलाई मंगलबार जिल्ला अदालतबाट म्याद अनुमती लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया