काठमाडौँ, २५ साउन २०८३।
रसुवाको आमाछोदिङमो गाउँपालिका–४ मानसिङस्थित नेपाली सेनाको श्रीनाथ गणमा विस्फोटक पदार्थ विस्फोट हुँदा पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाका अनुसार म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोजका लागि लैजाने क्रममा अचानक विस्फोट भएको हो।
म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोजका लागि लैजाने क्रममा अचानक विस्फोट हुँदा पांच जना घाइते भएका हुन्। उक्त बिस्फोटमा घाइते हुनेहरुको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन। उनीहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था र उनीहरूलाई उपचारका लागि कहाँ लगिएको भन्नेबारे भने थप विवरण आउन बाँकी छ।
घटनापछि घटनास्थलमा प्रहरी टोलीसमेत परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।