सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते

सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ साउन २०८३
  • 1.6K
    Shares

काठमाडौँ, २५ साउन २०८३।

सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्।

उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज.१ त ४८०८ नम्बरको ट्याक्टर सिराहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि पल्टिदा १५ जना बोलबम श्रद्धालु भक्तजन घाइते भएका हुन्।

स्कुलको गेटअगाडिको उकालोमा ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिँएको बताइएको छ। दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका अन्दाजी १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएका छन्।

घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा रहेको छ।

प्रहरीका अनुसार ट्याक्टर चालक धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका अन्दाजी ३५ वर्षीय रामबिहारी मण्डल फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

१) जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१५ रामपुर टोल बस्ने अं.बर्ष १३ को अनुराग मण्डल

२) ऐ.ऐ.बस्ने अं.बर्ष १७ को कृष्णा मण्डल

३)ऐ.ऐ.बस्ने अं.बर्ष ४० की गंगिया मण्डल

४)ऐ.ऐ.वडा न.१२ हनुमाननगर टोल बस्ने अं. बर्ष १८ को राहुल दाष

५)ऐ,ऐ.बस्ने अं.बर्ष १३ को प्रिनस दास

६)ऐ.ऐ.बस्ने अं.बर्ष १८ को गोपाल यादव

७)ऐ.ऐ. वडा न.१५ रामपुर बस्ने अं.३३ की मोना कुमारी मण्डल

८)ऐ.ए.बस्ने अं.बर्ष ५० कि चन्द्र कुमरी दास

९) ऐ.ऐ.बस्ने अं.बर्ष ६० की रामदुलारी दास

१०)ऐ.ऐ.बस्ने अं.बर्ष ४४ की राम कुमारी दास

११)ऐ.ऐ.बस्ने अं.बर्ष १७ को पंचा मण्डल

१२.ऐ.ऐ.बस्ने अं.बर्ष १७ को आसिस कुमार यादव

१३)ऐ.ऐ.बस्ने अं.बर्ष १२ को बिकी मण्डल

१४)ऐ.ऐ.वडा न.१२ हनुमाननगर बस्ने अं.बर्ष १३ को कृष्णा कुमार यादव ।

१५)ऐ.ऐ.वडा न.१५ रामपुर बस्ने बिना कुमारी मण्डल

प्रतिक्रिया