नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य नेता तिलक पुन मगर दाङबाट पक्राउ

नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य नेता तिलक पुन मगर दाङबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ साउन २०८३
  • 2.6K
    Shares

tilak-pun_magar-removebg-preview 1

दाङ, २२ साउन २०८३।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो नम्बर–५ का इन्चार्ज तिलक पुन मगर पक्राउ परेका छन्। उनी बिहीबार राति दाङस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।

पार्टीका प्रवक्ता उदय चलाउनेले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रहरीले पक्राउ पुर्जीबिनै तिलकलाई घरबाट नियन्त्रणमा लिएको दाबी गरिएको छ। उक्त घटनाप्रति पार्टीले घोर आपत्ति र भर्त्सना जनाउँदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार पार्टीले वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यसहित संगठन विस्तार तथा विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरेको छ। पार्टीले जिम्मेवार नेताको पक्राउ नागरिकको मौलिक हक तथा वर्तमान संविधानको भावनाविपरीत भएको आरोप पनि लगाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पक्राउ परेका तिलक पुन मगरलाई तत्काल ससम्मान रिहा गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि पार्टीले दिएको छ।

यस विषयमा नेपाल प्रहरी वा सम्बन्धित सरकारी निकायबाट भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रतिक्रिया