पर्सामा ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा नौ जना घाइते, चालक पक्राउ

पर्सामा ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा नौ जना घाइते, चालक पक्राउ


  • जनसञ्चार डटकम समाचारदाता
  • बिहिबार, २१ साउन २०८३
  • 1K
    Shares

वीरगञ्ज, १ साउन २०८३ ।  पर्सामा मादक पदार्थ सेवन गरी ग्यास ट्यांकर चलाएका चालकले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा गएराति करिब ८ बजे दुर्घटना भएको हो। पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना.२ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आरजे.१४ जीई ८७१० नम्बरको भारतीय ग्यास ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्कर दिएपछि ट्यांकर चालक घटनास्थलबाट फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा चालकलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्जका अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन्। स्वास्थ्य परीक्षणका क्रममा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटनापछि फरार भएका चालक रायलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, दुर्घटनाको अन्य कारण र चालकविरुद्ध हुने कानुनी कारबाहीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया