पोखरा, १९ साउन २०८३ ।
गण्डकी प्रदेशमा औअपचारिल रुपमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न पाइने भएको छ।
गण्डकी प्रदेश सभाले पारित गरेर पठाएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखले प्रमाणित गरिदिए पछि गण्डकी प्रदेशमा औअपचारिक रुपमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न पाइने भएको हो । तर त्यसको नियमन प्रदेश सरकारले गर्ने भएको छ।
यसअघि संघीय कानुनसँग बाझिन सक्ने भन्दै फिर्ता गरेका प्रदेश प्रमुख भट्टले यस पटक भने गण्डकी प्रदेश सभाबाट हुबहु दोश्रो पटक पारित भएर आएपछि पनि प्रमाणित गरिदिएका छन्। औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती सम्बन्धी बिधेयकलाई ओरदेश प्रमुखले प्रमाणित गरिसकेको अवस्थामा प्रदेश राजपत्रमा प्रकाशित भए पछि मात्र कानूनको रुपमा कार्यन्बयन हुनेछ।
यस बिधेयक प्रमाणित भएसंगै धेरैले गाँजा खेति जो कोहिले गर्न सक्ने अर्थमा बुझेका छन्, यसको अर्थ सामान्य उपभोगका लागि गाँजा खुला रूपमा बिक्री गर्न पाइने भन्ने होइन । ऐनले तोकेको औषधीय तथा औद्योगिक प्रयोजन, अनुमति, मापदण्ड र नियमनको दायराभित्र रहेर मात्रै उत्पादन तथा कारोबार गर्न पाइने उक्त बिधेयकमा छ। यद्यपि गाँजाको बिक्री–वितरण कसरी, कसले र कुन प्रयोजनमा गर्न पाउने भन्ने विषय ऐनअन्तर्गत बन्ने नियमावली, मापदण्ड तथा अनुमति प्रक्रियाले निर्धारण गर्नेछ ।
अब गण्डकी प्रदेशमा गाँजा खेतीका लागि अनुमति, उत्पादनको नियमन, औषधीय तथा औद्योगिक प्रयोग र त्यसबाट उत्पादित वस्तुको कारोबार तथा बिक्री–वितरणलाई व्यवस्थित गर्ने कानुनी संरचना निर्माण हुने अपेक्षा गरिएको छ ।
तर, यसको अर्थ सामान्य उपभोगका लागि गाँजा खुला रूपमा बिक्री गर्न पाइने भन्ने होइन । ऐनले तोकेको औषधीय तथा औद्योगिक प्रयोजन, अनुमति, मापदण्ड र नियमनको दायराभित्र रहेर मात्रै उत्पादन तथा कारोबार गर्न पाइने व्यवस्था लागू हुने विषय महत्वपूर्ण हुनेछ ।