बागलुङमा मोबाइल चोरी गरेको आरोपमा काठमाडौंका युवा पक्राउ

बागलुङमा मोबाइल चोरी गरेको आरोपमा काठमाडौंका युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ असार २०८३
  • 1.5K
    Shares

पोखरा, ३२ असार २०८३।

बागलुङ, ३२ असार २०८३ — बागलुङका विभिन्न स्थानबाट चोरी भएका दुई थान मोबाइलसहित चोरीकाे घटनामा संलग्न रहेको आरोपमा काठमाडौंका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका–६ निवासी २९ वर्षीय अमृत खड्का रहेका छन् ।

अभियुक्त खड्रकाविरूद्ध गएकाे असार २७ गते दिउँसो बागलुङ नगरपालिका–२ स्थित धौलागिरी प्रादेशिक अस्पतालबाट Redmi 9T मोबाइल तथा असार २८ गते बागलुङ नगरपालिका–२ आवारोडस्थित एस.के. ज्वेलर्सको काउन्टरबाट Redmi Note 13 मोबाइल चोरी गरेकाे अाराेप रहेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएकाे छ ।

अनुसन्धानका क्रममा दुवै मोबाइल अमृत खड्काको साथबाट बरामद भएपछि उनलाई चोरी कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया